images

दोस्रो खेलमाआयरल्यान्ड एसँग नेपाल ए ४० रनले पराजित

काठमाडौं । नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजितभएको छ । टियु क्रिकेट मैदानमा टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजितभएको हो । दुई सय २५ रनको विजयलक्ष्य पछ्याएको नेपाल ए १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्रबनाउन सक्यो। नेपालकालागि देव खनालले सर्वाधिक ४७ रन बनाए। त्यस्तै लोकेश बमले २५ र कप्तानविदोन भण्डारीले २६ रन बनाए। त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो ।  आयरल्यान्डका लागिनिल रकले सर्वाधिक७१ रन बनाए।त्यस्तै पिटर मुरले ६५ रन,जेम्स मोकुलमले २६ रनको योगदानदिए । 
 

शनिबार १७ चैत २०८० ०६:३८ PM मा प्रकाशित

प्रतिक्रिया