images

मकवानपुरका दुई संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा आर्थिक सहयोग 

चैत्र १७, हेटौडा । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा मकवानपुरका दुई संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । शनिवार विहान निर्माण व्यवसायी महिला समन्वय समितिका पदाधिकारीहरू र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरूको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

सेन्टर फर अटिजम  र श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रम श्री लक्ष्मी वैंकेटेश मन्दिरलाई रु. २५—२५ हजारको चेक उपलब्ध गराइएको हो । निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक गंगा पोख्रेलले समाजसेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएकाले सबै पेशा र वर्गका मानिस समाजसेवामा लाग्नु पर्ने बताउनभुयो । निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र चौलागाईले निर्माण व्यवसायी महिला समन्वय समितिको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

शनिबार १७ चैत २०८० ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया