images

लगानीआकर्षित गर्न राजनीतिक स्थायित्वआवश्यक

झापा ।नेपालीकांग्रेसका नेता डा शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानीनआउने बताएका छन् । राजनीतिक स्थायित्वविना नेपालमाकुनैपनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत बताए । ‘कुनै पनिदेशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ,’ उनले भने, ‘ती सबै कुरानभएको देशमा कसरी लगानी भित्रिन्छ ?’ झापाको गौरादहमानेपालीकाँग्रेस गौरादहनगर कार्यसमितिको नवनिर्मित बीपी स्मृतिभवन उद्घाटनकार्यक्रमलाई सोमबार सम्बोधनगर्दै कोइरालाले सरकार चलाउनभन्दापनिनिर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायीत्वकालागिकांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्वनहुने बताए। राजनीतिक स्थायीत्वबिनाआर्थिक विकास नहुने पनिउनको भनाइथियो । यतिबेलाआफू कुनै पनिहालतमानिर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमालागेको समेत उनले बताए । संकटको समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको जोड थियो ।
 

मङ्गलबार १८ बैशाख २०८१ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया