मालिका समाज जापानको कान्साई क्षेत्रीय समिति गठन

ओसाका, जापान । मालिका समाज जापानको कान्साई क्षेत्रीय समिति गठन भएको छ । नन्दु सापकोटाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष गोपाल कृष्ण सापकोट, सचिव रामजी सापकोटा , सहसचिव रोशन रेग्मी, कोषाध्यक्ष शिव आचार्य, सहकोषाध्यक्ष राम प्रसाद सापकोटा, सदस्यहरु गणेश शर्मा, दिपक सापकोटा (गोपाल), मनोज सापकोटा, रोशन सापकोटा, राजू सापकोटा, गोबिन्द सापकोटा, महिला सदस्य देवी आचार्य सापकोटा तथा चेलीबेटी संयोजक लक्ष्मी सापकोटा कंडेल, ज्योती सापकोटा आचार्य, सुस्मिता सापकोटा कंडेल, र सल्लाहाकारमा प्रेम प्रसाद गौतम रहनु भएको छ ।

कार्यक्रम मालिका समाजका जापानका केन्द्रिय पूर्व संयोजक एवं वर्तमान संरक्षक गुरु प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिहरु एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरे, समाजसेवीहरु तुल्सीराम खरेल आत्माराम गैरे तथा अतिथिहरुमा एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेंल, उप संयोजक भीम काउछा अनुप, बिहुकोट समाजका संरक्षक टिकाराम कडेंल, उपाध्यक्ष प्रेम प्रसाद कडेंल, विहुकोट समाज कान्साईका अध्यक्ष बल बहादुर क्षेत्री, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादु थापा, नवलपुर समाज कान्साईका अध्यक्ष प्रकाश कडेंल, मालिका समाजका केन्द्रिय अध्यक्ष राजु सापकोटा, सचिव विष्णु सापकोटा, अनेसास जापानकी बेनिसा सापकोटा लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।