काठमाडौं । काठमाडौंबाट दोलखाको लप्ची क्षेत्र घुम्न गएका मनोज प्रजापती र एक १७ वर्षीय किशोरलाई नेपाल–चीन सीमाक्षेत्रमा ड्रोन उडाउने क्रममा चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
प्राप्त जानकारीअनुसार उनीहरूले उडाएको ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले दुवै जनालाई नियन्त्रणमा लिएका हुन्। हाल उनीहरूलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार चिनियाँ पक्षसँग आवश्यक समन्वय र कानुनी प्रक्रिया सम्पन्न भएपछि दुवै जनालाई नियन्त्रणमुक्त गरिने अपेक्षा गरिएको छ।
सीमावर्ती क्षेत्रमा ड्रोन उडाउँदा दुवै देशका सुरक्षा नियम तथा संवेदनशीलताको विशेष ख्याल गर्नुपर्ने भएकाले सम्बन्धित निकायले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
#photo:AI
प्रतिक्रिया