images

"तमु ल्होसार २०२५" ओसाकामा भव्य रूपमा सम्पन्न

ओसाका, जापान — गुरुङ समाज जापान क्षेत्रीय समिति, कान्साइको आयोजनामा प्रथम "तमु ल्होसार २०२५" कार्यक्रम ओसाकामा भव्य रूपमा सम्पन्न भएको छ। गुरुङ समुदायको महान् सांस्कृतिक तथा राष्ट्रिय पर्व तमु ल्होसारको अवसरमा भाषा, धर्म, भेषभूषा, कला–संस्कार तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

आयोजकका अनुसार, यो कार्यक्रम गुरुङ समाज जापान, कान्साइले पहिलोपटक आयोजना गरेको ऐतिहासिक तमु ल्होसार तथा विविध सांस्कृतिक कार्यक्रम हो। समाजका अध्यक्ष दिनेश गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरुङ समाज जापानका केन्द्रीय अध्यक्ष युवराज गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा चर्चित लोकदोहोरी गायक गोबिन गुरुङ र गायिका काजल गुरुङले प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रममा एनआरएन जापान कान्साइका संयोजक भीम बहादुर काउचा (अनुप) विशेष  अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने गुरुङ समाज जापान कान्साइका सल्लाहकार तेज प्रकाश गुरुङ र ज्याक गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, जापानमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, गुरुङ समुदायका साथै अन्य विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ल्होसार कार्यक्रममा सांस्कृतिक नृत्य, मौलिक गीत–संगीत, परम्परागत भेषभूषा प्रदर्शनीलगायत विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको समाजकी सचिव युना गुरुङले जानकारी दिनुभयो ।

मङ्गलबार १५ पुस २०८२ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया