काठमाडौँ - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले बुधबारदेखि हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकलाई पारदर्शी बनाउने उद्देश्यका साथ लाइभ गर्ने योजना तय भएको माओवादीले जनाएको छ ।
यसअघि, नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।