रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।