नेपालकाप्रतिनिधित्वगर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भागलिन नेपाली तिनिधिमण्डल हिजो ब्रुनेई प्रस्थान गरेको छ। डिसेम्बर ४ देखि ७ सम्म आयोजनाहुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामीइभिले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्वगर्दैछन । यस एपिक्टा अवार्ड्स २०२४मा, तीन नेपाली निर्णायकहरूले पनिअन्तर्राष्ट्रिय निर्णायकप्यानलमा सहभागीभएर आफ्नो विशेषज्ञता प्रदान गर्नेछन्। यो अवार्ड्स नेपालीआईसीटी क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने एक महत्वपूर्ण अवसर हो।
एपिक्टा अवार्ड्स
एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिकउत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापीमान्यताप्राप्तमञ्चहो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामकाविभिन्नकम्पनीबीचप्रतिस्पर्धा हुनेछ।
नेपालकातर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरूः
नेपालको प्राविधिकक्षमताप्रदर्शन गर्न चार कम्पनीहरू सहभागीहुँदैछन्ः
● आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)
○ श्रेणीः फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)
● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजीप्रा. लि.)
○ श्रेणीः सेकुरिटी सोल्युसन्स
● ईकागजपत्र (ईकागजपत्रप्रा. लि.)
○ श्रेणीः प्रफेशनल सर्भिसेज सोल्युसन्स
● एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजीप्रा. लि.)
○ श्रेणीः गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट
नेपालकातर्फबाट प्रतिनिधित्व गर्ने निर्णायकहरूः
नेपालकातीनजना निर्णायकहरूले एपिक्टा अवार्ड्सको निर्णायकप्यानलमाआफ्नो विशेषज्ञता प्रदान गर्नेछन्ः
● अनिलकुमार दत्त, सहसचिव, सञ्चार तथा सूचनाप्रविधिमन्त्रालय
● रिचनश्रेष्ठ, संस्थापकअध्यक्ष, नास–आईटी ७प्रमुखकार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजी
● दिपेनचापागाईं, महासचिव, नास–आईटी ७ नेपालअफिस निर्देशक, लगप्वाइन्ट
नेपालकाअतिरिक्तप्रतिनिधिहरूः
निर्णायक र कम्पनीहरूको अतिरिक्त, नेपालकादुई प्रतिनिधिहरू पनिउपस्थित रहनेछन्ः
● नारायण कोईराला, एपिक्टा कार्यकारी समितिका सदस्य र प्रबन्धनिर्देशक, ईमिनेंस वेज प्रा. लि.
● अनिषश्रेष्ठ, एपिक्टा अवार्ड्सका अर्थव्यवस्था समन्वयक र प्रमुखकार्यकारी अधिकृत, येलो नेपालप्रा. लि.
नास–आईटीले हिजो विमानस्थलमा सहभागीकम्पनीहरू र निर्णायकहरूलाई बिदाइगर्दै शुभकामनाव्यक्तग¥यो।एपिक्टा अवार्ड्समा प्रतिनिधित्व यो महत्वपूर्ण क्षणले नेपालकाआईटी सेक्टरको प्राविधिकहरूको समर्पण र विशेषज्ञता साथै नेपाललाई विश्वव्यापीआईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बितगर्दछ।
प्रतिक्रिया