काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भैरहेको नेशनल हाईस्कुल च्याम्पियनसिप ९एनएचसी० को राष्ट्रिय फाइनल माघ २३ गते बुधवारदेखि माघ २६ गते शनिवारसम्म लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन हुने भएको छ । आयोजक संस्थाले मंगलवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी माघ २६ गते शनिवारसम्म सञ्चालन हुने जानकारी गराइएको हो । यस प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उप९विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फाइनलमा प्रतिस्पर्धी गर्ने टोलीहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी छन् । यस वर्ष विभिन्न कठिनाइहरूका कारण सुर्खेत छनोट आयोजना हुन नसकेको आयोजक संस्थाले जनाएको छ । हाइप येति इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी हुन् । प्रतियोगितामा ई–प्लानेट ९शीर्ष प्रायोजक०, रुटिन अफ नेपाल बन्द ९डिजिटल पार्टनर०, खेल पाटी ९प्रसारण पार्टनर०, विकेट नेपाल ९मीडिया पार्टनर० तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ ९यात्रा पार्टनर० को साथ रहेको छ । माघ २६ सम्म चल्ने यस प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।
प्रतिक्रिया