images

आज चारवटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ । छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय ९नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागहरुको उपस्थिति रहने छ । यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ । बैठक सिंहदरबारमा दिनको साढे १२ बजे लागेको हो । बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।  यस्तै आज पनि विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । सिंहदरवारमा दिनको १ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।  यसैगरी आजै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ । दिनको १ बजे बस्ने भनिएको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत गरिनेछ । 


 

बुधबार २३ माघ २०८१ ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया