images

ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ 

काठमाडौं । बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका ८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन् ।  काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं।२ सानेपाबाट पक्राउ गरेको हो । घलानबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौमा दुईवटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध प्रहरी बृत्त नयाँ बानेश्वर र प्रहरी बृत्त जनसेवा काठमाडौमा पनि दुईवटा मुद्दा दर्ता भएको भएको छ । 

    
 

शुक्रबार​ २५ माघ २०८१ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया