images

बुटवलमा मञ्जिलाज सौन्दर्य तथा छाला स्याहार केन्द्र संचालनमा 

बुटवल । बुटवलमा “मञ्जिलाज सौन्दर्य तथा छाला स्याहार केन्द्र” को उद्घाटन समारोह भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। गत बैशाख २३ गते बुटवलको, नेपालगञ्ज रोडस्थित लक्ष्मी मोहन भवनमा सञ्चालनमा आएको संचालक मंजिला सुवेदीले जानकारी दिइन ।  उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा छाला रोग विशेषज्ञ चिकित्सक, संस्था तथा कम्पनीका प्रतिनिधिहरू, गायक–गायिका, विभिन्न कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको  जनाएको छ।

उद्घाटन समारोहमा बोल्दै सञ्चालक सुवेदीले आगामी दिनमा गुणस्तरीय सेवा, आधुनिक सौन्दर्य उपचार तथा उत्कृष्ट छाला स्याहार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन। “यहाँहरूको माया, साथ र विश्वास नै हाम्रो प्रेरणा हो” भन्दै आयोजकले सेवाग्राहीको विश्वासलाई उच्च प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै जाने बताइन।

त्यसैगरी, उद्घाटन समारोहलाई थप उत्साहपूर्ण र स्मरणीय बनाउन विभिन्न सांगीतिक तथा विशेष कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले केन्द्रको सफलताको शुभकामना व्यक्त गर्दै बुटवलमा आधुनिक सौन्दर्य तथा छाला उपचार सेवाको विस्तार हुनु सकारात्मक पक्ष भएको बताएका थिए।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति सञ्चालक पक्षले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

शुक्रबार​ २५ बैशाख २०८३ ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया