images

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा भएपछी युवाहरुले मन्दिरमा चढाए ५५ किलो मिठाई


सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन् ।जिल्लाको चन्द्रनगर गाउँपालिका – ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भाकल गरेका थिए ।युवाहरूका अनुसार सर्लाहीका रास्वपा उम्मेदवारहरू नीतिमा भण्डारी ९ कार्की ०, रविन महतो, नरेन्द्र साह कलवार र डा। अमरेश सिंहलगायत तथा देशभर पार्टीका उम्मेदवारहरूले सफलता पाएपछि आफ्नो भाकल पूरा भएकोभन्दै आइतबार ब्रह्मबाबा मन्दिरमा मिठाई अर्पण गरिएको हो ।चन्द्रनगर – ३ का युवा पवन महतोका अनुसार केही दिनभित्रै चमेली माई मन्दिरमा बोका बली दिने कार्यक्रम पनि गरिनेछ । अर्का युवा विकास कुमार महतोले काठमाडौंमहानगरपालिकाको मेयर हुँदा बालेन साहले विभिन्न क्षेत्रमा विकासको पहल गरेको उल्लेख गर्दै अब देशको नेतृत्व सम्हालेपछि मुलुकभर विकास र समृद्धि आउने अपेक्षा राखेका छन् ।

सोमबार २५ फागुन २०८२ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया