images

नवलपुर समाज जापान कान्साई क्षेत्रीय समितिको नेतृत्वमा समुन्द्र पौडेल

ओसाका, जापान । नवलपुर समाज जापान, कान्साई क्षेत्रीय समितिको चौंथो अधिवेशन सम्पन्न भएको छ। ओसाकामा जुन ८ तारिकमा सम्पन्न भएको अधिवेशनले समुन्द्र पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा विवेक पौडेल, सह(सचिवमा रेशम पराजुली, कोषाध्यक्षमा सागर पौडेल तथा सह(कोषाध्यक्षमा डोलराज रानाभाट चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा अनुप कँडेल, ऋस्ता न्यौपाने, अर्चना कँडेल, दीपक घिमिरे तथा लोकबहादुर महतो चयन हुनुभएको नवलपुर समाज जापानका प्रवक्ता कृष्ण भुषालले जानकारी दिनुभयो।

अधिवेशनमा नवलपुर समाज जापानका केन्द्रीय अध्यक्ष सुरेश सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद कँडेल, उपाध्यक्ष सुरेश सापकोटा (डी.पी.), प्रवक्ता कृष्ण भुसाल, सह-कोषाध्यक्ष रामप्रसाद खरेल, एनआरएनए कान्साईका संयोजक भीमबहादुर काउचा, एनआरएनए जापानका केन्द्रीय सदस्य टीआर गौडेल, नवलपुर समाज जापानका केन्द्रीय सदस्य शंकर भुसाल, गल्कोट समाज कान्साईका संयोजक नरबहादुर थापा, बिहुकोट समाज कान्साईका संयोजक लक्ष्मण न्यौपाने, स्याङ्जा समाज कान्साईका संयोजक सूर्य अर्याल तथा मालिका समाज कान्साईका संयोजक नन्दु सापकोटालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनका लागि गठित निर्वाचन समितिमा संयोजक हरिप्रसाद कँडेल तथा सदस्यहरू कृष्ण भुसाल र मुक्तिराम खरेल रहनुभएको थियो। कार्यक्रम कान्साई क्षेत्रीय समितिका कार्यवाहक अध्यक्ष समुन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। समाजलाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ।

मङ्गलबार २६ जेठ २०८३ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया