images

ओसाकामा टिकाको दिन दशैं फेस्टिवल आयोजना हुने 

ओसाका जापान । नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर डिस्कभरी सर्पोटको आयोजनामा जापानको ओसाकामा दशैं फेस्टिवल आयोजना हुने भएको छ । टिका, जमरा पिङ तथा नेपाली खानाका विभन्न परिकारको साथै विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको बताईएको छ । 


अक्टोबर १२ तारिक अर्थात विजया दशमी टिका लगाउने दिनको अवसर पारेर ओसाकाको नाम्बामा सो कार्यक्रमको आयोजना गरिएको डिस्कभरि सर्पोट तथा आयोज संस्थाका प्रतिनिधिले जानकारी दिनु भयो । आफ्नो जन्मभुमी छोडेर अध्यनको शिलशिलमा जापान आएर दश वर्ष सम्म पनि दशैं मनाउन नपाएको तथा यस वर्ष भने फेस्टिभलले निकै रौनकता जगाएको जापानका सामाजिक अभियान्ता विकास अधिकारीले बताउनु भयो । 


यस अघि एभरेष्ट फेस्टा भएको स्थानमा आयोजना हुने कार्यक्रममा करिब ३ हजार नेपाली समुदायको जमघट हुने अनुमान गरिएको छ । जापानको ओसाकामा ठुलो संख्यामा नेपालीहरु रहेका छ ।  फेस्टिभलमा नेपाली खाना, थकाली खाना, नेवारी खाजाका अलावा अन्य यसियन मुलुक श्रीलंका, बंगालादेश तथा भारतका खानाको पनि स्टल रहेको बताइएको छ । करिब २६ ओट स्टल मा विभन्नि व्यवसायीक कम्पनीहरु, रेमिट्यान्स्, रियल स्टेट, लगायतका रहेको जनाईएको छ । दशै फेस्टिभलमा आएर रमाईलो गर्न पनि आम नेपालीहरुलाई अनुरोध गरिएको आयोजकले बताएको छ । 

बिहीबार २४ असोज २०८१ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया