images

ओसाकामा माघे सङ्क्रान्ति विशेष ‘सांस्कृतिक साँझ–२०२६’ आयोजना हुँदै 

ओसाका, जापान ।  नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्साइको आयोजनामा मगर समुदायको महान् राष्ट्रिय पर्व माघे सङ्क्रान्तिको अवसरमा ‘सांस्कृतिक साँझ–२०२६’ कार्यक्रम आयोजना हुने भएको छ।

नेपालको प्रथम सहिद लखन थापा मगरको स्मृतिमा तथा साँस्कृतीक संग्राहलय निर्माणको लागि सहयोगार्थ एंव मगर समुदायको धर्म, संस्कृति र पहिचान संरक्षणका उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रम २०२६ जनवरी १२ तारिखका दिन जापानको ओसाकास्थित निसीनारी कुमीन सेन्टरमा सम्पन्न हुनेछ। माघे संक्रान्ति विशेष सांगितिक साँझको आयोजना गरि ओसाकामा भव्य रुपमा मनाउन लागेको  समाजका अध्यक्ष पूर्ण गबुर्जाले  जानकारी दिए।

जापानको ओसाकामा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा भव्यताका साथ माघी मनाउन लागिएको हो। कार्यक्रमा मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी एवं राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीमा कार्यक्रम आयोजना हुन लागेको समाजका कोषाध्यक्ष पृथ्वी मगरले जाकारी दिए।

कार्यक्रममा चर्चित कलाकारहरू चेतन घर्ती मगर, पवित्रा मगर, देविराम राना मगर र रचना राना मगरको विशेष प्रस्तुति रहनेछ। साथै, कान्साइ मगर सांस्कृतिक समूह र गल्कोट नौमती पञ्चेबाजा समूहले परम्परागत सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गर्नेछन्।

नेपाली कला, संस्कृति र पहिचानलाई प्रवासमा समेत जीवित राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जापानमा रहेका नेपाली समुदायलाई उल्लेख्य सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।

आइतबार​ २७ पुस २०८२ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया