images

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।जसअनुसार आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । आज विधायन व्यवस्थापन समितिको बैठक सिंहदरवारमा बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।  
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको १ बस्ने भएको छ । आज बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि  छलफल हुने कार्यसूची रहेको छ । यसैगरी आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । आज बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गरिने छ । 
 

मङ्गलबार २९ माघ २०८१ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया