काठमाडौं । पशुपतिनाथमा पशुपति देवपत्तनमा सञ्चालन हुने जात्रा पर्व र पूजाको समय तालिका सार्वजनिक भएको छ । फागुन २७ गतेदेखि चैत्र ६ गतेबाट पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो ।पशुपति देवपत्तनमा पूजा, पाहाँचरे पर्व, माता श्री वत्सलेश्वरी देवी एवं माता बज्रेश्वरी देवीको पर्व पूजा तथा जात्राको कार्यक्रमको समय तालिका सार्वजनिक भएको हो ।चैत्र ३ गते मंगलबार चैत्रकृष्ण चतुर्दशी भएकोले राति ९ः३० बजे श्रीवत्सलेश्वरी देवीमा कर्मचारी पूजाका लागि आकाश भैरव, महादेव, वत्सलेश्वरी माताको प्रतिमूर्ति घटमा राखी श्रीवत्सलेश्वरी मन्दिरमा लैजाने भएको छ ।चैत्र ४ गते चैत्रकृष्ण औँसी र प्रतिपदा भएकोले बिहान ७ देखि राति ५ बजे सम्म तिलगंगा टोलबाट बज्रेश्वरीको मूर्ति इन्द्रायणीमा ल्याउने र सोही दिन श्रीवत्सलेश्वरीको घटयात्रा सुरु हुने छ । यसै दिन माता श्रीवत्सलेश्वरी एवं आकाश भैरवको जात्रा पनि आरम्भ हुने छ ।चैत्र ५ गते बिहीबार राति ५ बजे पशुपतिनाथ मन्दिर तहबिलबाट विशेष पूजा चलाउने भएको छ । यसै दिन राति ९ बजे पशुपतिनाथ अमलकोट कचहरीबाट बाजागाजा सहित श्रीका मूलपूजारी निवासमा जाने र मूलपूजारीज्यूबाट सम्पूर्ण रकम तथा कर्मचारीलाई पगरी बाँड्ने काम हुनेछ ।
प्रतिक्रिया