सिर्जना अधिकारी
कलाकार–‘परालको आगो’
‘परालको आगो’ले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ स् सिर्जना अधिकारी
काठमाडौं । नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र आगामी वैशाख ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।
यसै सन्दर्भमा चलचित्रकी मुख्य पात्र, रङ्गमञ्च तथा चलचित्र क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले चलचित्र ‘परालको आगो’ को तयारी, छायाङ्कनका अनुभव र यसले दिने सन्देशका बारेमा विस्तृत जानकारी दिँदै यो चलचित्र नेपाली सिनेमा क्षेत्रको इतिहासमा एउटा बलियो नाम भएको दाबी गरेकी छन् ।
यसअघि नै निर्देशक प्रताप सुब्बाले यसै कथामा आधारित रहेर ब्ल्याक एन्ड ह्वाइट ९श्वेत–श्याम० चलचित्र बनाइसकेका छन् । जुन नेपाली दर्शकको मन–मस्तिष्कमा आज पनि ताजै छ । कलाकार अधिकारीका अनुसार नयाँ ‘परालको आगो’ सोही कथामा आधारित भए पनि यसमा आधुनिक निर्देशनको दृष्टिकोण र केही नयाँ ‘ट्विस्ट’ हरु समावेश गरिएको छ ।
उनले भनिन, ‘यो फिल्म पहिला नै सबैको मनमा बसिसकेको छ । अहिलेको चलचित्रमा निर्देशकको एउटा छुट्टै भिजन र लेखकको नयाँ शैली मिसिएको छ । पूरानो कथाको मर्मलाई नमरीकन अहिलेको समय सुहाउँदो ढङ्गले यसलाई प्रस्तुत गरिएको छ ।’
हरेक दर्शकले आफूलाई भेट्ने ‘सुन्तली’ पात्र
चलचित्रमा सिर्जनाले ‘सुन्तली’ को भूमिका निर्वाह गरेकी छन् । आफ्नो पात्रका बारेमा चर्चा गर्दै उनले सुन्तली यस्तो पात्र हो जसमा हरेक व्यक्तिले आफूलाई वा आफ्नो समाजको कुनै पात्रलाई भेट्न सक्ने दाबी गरिन् । ‘सुन्तली एउटा सामान्य ग्रामीण महिलाको प्रतिनिधि पात्र हो । यो क्यारेक्टर गर्दा मलाई निकै रमाइलो लाग्यो । दर्शकले पर्दामा मलाई मात्र होइन, कतै न कतै आफैँलाई पनि देख्नुहुनेछ,’ अधिकारीले भनिन् ।
उनका अनुसार सुन्तलीको भूमिका चुनौतीपूर्ण र भावनात्मक रूपमा बलियो छ । विशेषगरी श्रीमान् र श्रीमतीबिच हुने स–साना मनमुटाव र मायाको कथामा यो पात्र केन्द्रित छ ।
म्याग्दीको धारापानीमा कैद गरिएको ग्रामीण सौन्दर्य
गुरुप्रसाद मैनालीको कथा पढ्दा पाठकको मनमा जुन दार्जिलिङ वा सिक्किमको पहाडी परिवेशको परिकल्पना हुन्थ्यो, सोही आभास दिलाउन निर्माण टिमले म्याग्दीको उच्च पहाडी भेग ‘धारापानी’ लाई छायाङ्कन स्थल रोजेको छ । सिर्जनाका अनुसार उक्त गाउँ अझैपनि मौलिक छ र त्यहाँबाट देखिने हिमाल तथा पहाडका दृश्यले चलचित्रलाई जीवन्त बनाएको छ ।
छायाङ्कनको अनुभव सुनाउँदै उनले भनिन,‘हामीले म्याग्दीको धारापानीमा बसेर काम ग¥यौँ । त्यहाँको परिवेश एकदमै रमाइलो छ । एकातिर हिमाल देखिने, अर्कोतिर पहाडले घेरिएको सुन्दर गाउँ छ । हामीले पढ्दा जस्तो भिजुअलाइज गरेका थियौँ, ठ्याक्कै त्यस्तै परिवेश चलचित्रमा देख्न पाइनेछ ।’
सौगात मल्लसँगको सहकार्य र चुनौती
चलचित्रमा सिर्जनाका साथमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन् । सौगात मल्लसँग सिर्जनाको यो दोस्रो सहकार्य हो । थिएटर ब्याकग्राउन्डका अनुभवी कलाकार सौगातसँग काम गर्दा सुरुमा केही असहज महसुस भए पनि पछि उहाँकै मार्गदर्शनमा काम गर्न सजिलो भएको सिर्जनाले बताइन् ।
‘सौगात दाइ मेरो सिनियर कलाकार हुनुहुन्छ । सुरुमा कसरी काम गर्ने होला भन्ने एउटा डर र सम्मानको भावना थियो । तर, उहाँले निकै सहज वातावरण बनाइदिनुभयो । केही गम्भीर दृश्य खिच्नुअघि हामीले बसेर छलफल गथ्र्यौँ । उहाँले ‘यसो गरौँ, तिमीले यसो गर्दा राम्रो हुन्छ’ भनेर गाइड गर्नुभयो, जसले गर्दा काम निकै स्तरीय भएको छ,’ सिर्जनाले अनुभव साटिन् ।
अधिकारीका अनुसार चलचित्रको सुटिङ झन्डै ४० दिनमा सम्पन्न भएको थियो । तर, यो अवधि निकै उतारचढावपूर्ण रहेको सिर्जनाले खुलासा गरिन् । छायाङ्कनका लागि टिम म्याग्दी पुग्दा देशमा राजनीतिक÷सामाजिक आन्दोलनको प्रभाव थियो, जसले गर्दा क्यामेरा टिम र अन्य कलाकारहरू समयमा पुग्न सकेनन् । १०–१२ जनाको सानो टोलीले केही दिन गाउँमै कुर्नुपरेको थियो । अन्ततः दुई सेड्युलमा ९दसैँ अघि र तिहार पछि० गरेर चलचित्रको काम पूरा भएको थियो ।
परालको आगोको सन्देशः क्षणिक रिस र दिगो प्रेम
चलचित्रको मूल सार ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने उखानमै आधारित छ । सिर्जनाका अनुसार चलचित्रले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ । ‘हामी साना कुरामा तातिन्छौँ, झगडा गर्छौँ तर त्यो स्थायी हुँदैन । गल्ती सुधारेर अगाडि बढ्नु नै जीवन हो भन्ने सन्देश यसले दिन्छ,’ उनले थपिन् ।
अहिलेसम्म सार्वजनिक भएका टिजर, पोस्टर र दुईवटा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । सिर्जनाले चलचित्र सम्पूर्ण रूपमा पारिवारिक र स्वस्थ मनोरञ्जनले भरिएको बताएकी छन् ।
नेपाल न्यूज बैंकसँगको यस संवादले ‘परालको आगो’ प्रतिको कौतुहलतालाई थप बढाएको छ । कलाकार सिर्जना अधिकारीको आत्मविश्वास र चलचित्रको मौलिक कथाले नेपाली सिने जगतमा यो चलचित्रले एउटा विशेष छाप छाड्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया