images

श्री त्रिभुवन माध्यमिक विद्यालय मेलुङ्ग दोखलाका २०३६ सालमा एस.एल.सी.दिएका विद्यार्थीहरुको भेटघाट कार्यक्रम सम्पन्न 

काठमाडौं । श्री त्रिभुवन माध्यमिक विद्यालय मेलुङ्ग दोखला २०३६ सालमा एस.एल.सी. दिएका विद्यार्थीले आयोजना गरेको उक्त कार्यक्रमको सभापति यमुना पौडेलले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उक्त विद्यालयका पूर्व प्रधानाध्यापक कुष्ण बहादुर कार्कीले गर्नु भएको थियो । सो विद्यालयका पूर्व शिक्षकहरु र हालका प्राध्यपकको विशेष अतिथिको रुपमा रहनु भएको थियो । सो कार्यक्रकको संचालन उक्त विद्यालयका २०३६ सालका विद्यार्थी कृष्ण बहादुर खड्काले गर्नु भएको थियो । उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरुले आफ्ना पूर्व शिक्षकलाई फुलको माला तथा ढाका टोपी लगाई सम्मान गरिएको थियो । सो कार्यक्रम ४५ वर्ष पछि भेटघाट कार्यक्रम विगतमा आफूले उक्त विद्यालयमा पढ्दा र हाल सम्मका भएका सम्झना आदान प्रदान गरिएको थियो । 

शुक्रबार​ २८ भदौ २०८१ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया