images

क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१५ बस्ने चितवन भरतपुर महानगरपालिका(१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानीलकण्ठ नगरपालिका(४ बस्ने सिन्धुली कमलामाई नगरपालिका(७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका(११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका(९ घर भएका ४१ वर्षीय अम्बर गुरुङ रहेका छन् ।पक्राउ मध्ये कमलाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रुपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र अम्बरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका(१५ बाट र सविनालाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका(४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका(१२ बाट बिहीबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

शनिबार ३० फागुन २०८२ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया