images

स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् ।तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने लगायत तालिम सञ्चालन गरेका थियौँ,’ महर्जनले भने ।स्थानीय गृहिणीहरू आफूले गर्नु पर्ने खर्च घटाउन सक्नुभयो भने पनि हाम्रा लागि उपलब्धि हुनेछ । वडा सदस्य हेरा शोभा डंगोल महर्जनले पार्लरमा गर्नुपर्ने खर्च घटाउनु पनि आय नै भएको प्रतिक्रिया दिए ।

बिहीबार ३१ बैशाख २०८३ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया