काठमाडौं । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवीन तन्दुरकारलाई हिमालयन लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल ९सन् १९८८० को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे । संकटा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्दुरकारले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्त्वपूर्ण भएको बताए ।राष्ट्रिय यू ८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्विन अफ दि हिमालय २०२५ घोषित भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाई टन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे । विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते ।
प्रतिक्रिया