images

विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता भन्ने रहेको छ, जसले उत्पादन सुरक्षाको लागि महत्त्वपूर्ण आवश्यकता, खतरनाक वस्तुविरुद्ध बलियो नियमन र भौतिक र डिजिटल बजार दुवैमा विश्वास निर्माणमा केन्द्रित छ ।यस विषयवस्तुले सुरक्षित उत्पादनले आत्मविश्वासी उपभोक्तालाई डोरÞ्याउने कुरालाई प्रकाश पार्छ ।सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।नेपालमा पनि विभिन्न उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

आइतबार​ १ चैत २०८२ १०:४४ AM मा प्रकाशित

प्रतिक्रिया