images

स्विटजरल्याण्डमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजदूतावासको सम्मान 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।  सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराए ।  
उक्त अवसरमा राष्ट्रपति पौडेललाई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी एवं स्विटजरल्याण्डस्थितनेपालीहरूले स्वागत गरेको राष्ट्रपतिको स्वकीयसचिवालयले जनाएको छ । 
सो समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विट्जरल्यान्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृड गराएको बताउँदैआईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे । 
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार  मूख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । 

शनिबार २ असार २०८१ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया