images

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक  आज बस्दैछ ।
संघीय संसद सचिवालयको  राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । 
त्यस्तै, अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन । 
मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । 
सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ । 

सोमबार ३१ असार २०८१ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया