images

बाजुराका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात

बाजुरा । बाजुरामा पुनः वर्षासँगै हिमपात भएको छ । माघ महिनाको दोस्रो साता यहाँ दुई पटक हिमपात भएको थियो ।पुनस् चैत्र महिनामा हिमपात भएको हो । आइतबार बिहानैदेखि मौसम बदली हुँदा गएराती भारी वर्षा सँगै हिमपात भएको हो ।बाजुराका उच्च लेकाली तथा हिमाली भू(भागमा वर्षा र हिमपात हुँदा अत्यधिक चिसो समेत बढेको छ । यहाँका नौ वटै स्थानीय तहका उच्च लेकाली तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको हो । हिउँ परेर चिसो बढ्दा वन्यजन्तु समेत तलतिर झरेका छन् ।अहिले पुनः यहाँका हिमालहरू हिउँको घुम्टोमा सजिएका हुन् । उच्च हिमाली क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा भारी हिमपात भएको हो।रातभरको वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा हिमाली क्षेत्रमा जीवन कष्टकर बनेको छ । बालबालिका र बृद्धबृद्धा चिसोबाट बढी प्रभावित बनेका हुन् ।वर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल, लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र सेताम्मे बनेका छन् । जिल्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो ।

सोमबार २ चैत २०८२ १०:४५ AM मा प्रकाशित

प्रतिक्रिया