images

तेस्रो पीएफसी इमर्जिङ कप ः आज आदिकवि भानुभक्तसंग चतुर्मुखीर पारिजातसंग सोमाङजिब भिड्दैँ 

चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजीत ’पीएफसी इमर्जिङ कप–२०८१’ मा आज दुई खेल हुदैँ छन् । पहिलो खेल दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र चतुर्मुखी माध्यामिक विद्यलाय विच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेल दिउँसो ३ बजे पारिजात इंग्लिश बोर्डिङ स्कूल र सोमाङ जीवी ऐकेडेमी बिच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुने छ । यस अघि भरतपुरको नारयाणी नमुना माध्यामिक विद्यालय, नारायणी पब्लिक स्कुल, अरूणोदय माध्यामिक विद्यालय र अमर माध्यामिक विद्यालयले एक÷एक खेलमा जित हासिल गरेका छन् । प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ । पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएको क्लबको विश्वास छ । यो प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।
 

आइतबार​ ६ माघ २०८१ ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया