images

मौसम खराबीका कारण बिहुँकोट समाज जापान कान्साईको बिबिक्यू तथा भेटघाट कार्यक्रम स्थगित

ओसाका । बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिले आयोजना गर्न लागेको  बिबिक्यू तथा भेटघाट कार्यक्रम हालका लागि स्थगित गरिएको समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनु भयो।

आयोजक समितिले मौसममा आएको खराबीका कारण कार्यक्रम तत्कालका लागि रोकिएको जानकारी सार्वजनिक गरेको हो।

समितिद्वारा जारी सूचनाअनुसार प्रतिकूल मौसमका कारण सहभागीहरूको सुरक्षा तथा सहजतालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताइएको छ। यसबाट सहभागीहरूमा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना समेत गरेको छ।

मङ्गलबार ५ जेठ २०८३ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया