images

गल्कोट समाज कान्साईद्वारा तीजको अवसरमा नि:शुल्क दर खाने कार्यक्रम

ओसाका, जापान – गल्कोट समाज कान्साईले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०२५ को विशेष अवसरमा निस्शुल्क दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

“माइतीको माया र परदेशमा चाडबाडको झल्को दिने गरी, दर खुवाउँदै मौलिक शैलिमा चेली नचाउने कार्यक्रम–२०२५” नामक उक्त कार्यक्रम आगामी अगस्ट २४, आइतबार, ओसाकास्थित जिग्री दोहोरी साँझमा बेलुकी ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने समाजका अध्यक्ष नर बहादुर थापाले जानकारी दिए।

समाजका अनुसार, कार्यक्रममा कान्साई क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली महिला दिदीबहिनीलाई निस्शुल्क दर खुवाइने व्यवस्था गरिएको छ। साथै, मौलिक सांस्कृतिक प्रस्तुति, गीत–संगीत र नृत्यमार्फत तीज पर्वलाई झनै उल्लासमय र स्मरणीय बनाउन तयारी भइरहेको छ। आयोजक संस्थाले सम्पूर्ण महिला दिदीबहिनीलाई आत्मीय र पारिवारिक माहोलमा सहभागी भई, तीज पर्वको सांस्कृतिक महत्त्वलाई अझ प्रगाढ बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

मङ्गलबार ३ भदौ २०८२ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया