काठमाडौं । अखिलनेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले बिहीबार त्रिभुवनविश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । अनेरास्ववियुकाउपाध्यक्ष नारायणघर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीयकमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएकाहुन् । अनेरास्ववियुकाअध्यक्ष समिकबडालले २३ औं राष्ट्रियमहाधिवेशनबाटनिर्वाचितभएर आएदेखि नै कुनै पनिशिक्षालयमातालाबन्दीनगर्ने प्रतिबद्धताअनुरुप हरेक विषयशालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताए । साथै देशभरका अनेरास्ववियुकाजिल्लाअध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनकालागिकाठमाडौँमाकार्यशालागोष्ठीआयोजना गर्ने निर्णय गरेको जानकारी उनले दिए । उनले स्वतन्त्रविद्यार्थी युनियन (स्ववियु), त्रिविका सचिवसिद्धान्तभट्टले त्रिविको शैक्षिकउन्नयन र प्रगतिकालागि ३५ बुँदे मागसहितकरिब आठदिनदेखि भिसीकार्यालय, कीर्तिपुरमा धर्ना बसिरहेको भन्दै सम्बन्धितपक्षको गम्भीर ध्यानाकर्षणहुनुपर्ने धारणा राखे । अनेरास्ववियुले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेषण गर्ने, व्यक्तिको चरित्र हत्या गर्नेलाई कानुनी कारवाहीमाल्याउन सरकारलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया