टोकियो । जातीय विभेदविरुद्ध विश्वमञ्च (ग्लोबल फोरम) जापानको चौथो महाधिवेशन प्रतिनिधिसभा सदस्य माननीय खगेन्द्र सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा मंगल सुनार निर्वाचित भएका छन्।
त्यसैगरी उपाध्यक्षहरूमा सोम विक, धनश्याम विश्वकर्मा, देवी बिसी र गवालाल मिजार चयन भएका छन्। महासचिवमा किरण सुनार निर्वाचित हुँदा सचिवहरूमा उत्तम विश्वकर्मा, बलदेव लोहार, राज गहतराज र विष्णु गैरै नेपाली चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी रामशरण रसाइलीले पाएका छन् भने सह–कोषाध्यक्षमा रामबहादुर विक निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा पवन विश्वकर्मा, सुसान्त सुनार, सुजन परियार, तिलक विक, कल्पना विसुन्खे, रेजिता सेन्चुरी, विजय सुनार, शिशिर सुर्खेती तथा विरेन्द्र सुनार निर्वाचित भएका छन्। महाधिवेशनमा सहभागी वक्ताहरूले जातीय विभेद तथा छुवाछुतविरुद्ध विश्वभर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै समानता, सामाजिक न्याय र मानव अधिकारको पक्षमा सशक्त रूपमा आवाज उठाउन संगठनले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका नेपाली समुदायबीच सचेतना अभिवृद्धि गर्दै जातीय विभेदविरुद्धका अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया