images

प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दै 

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ । मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो । 
आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ः३० बजे बस्दैँ छ । साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।
 

मङ्गलबार ६ साउन २०८२ १०:५६ AM मा प्रकाशित

प्रतिक्रिया