images

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गए राति करिब २०स्५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक मकवानपुर बकैया गाउँपालिका–८ बस्तिपुर निवासी करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए ।घाइते गोलेलाई उपचारका लागि तत्काल हेटौडा अस्पताल पठाइएको थियो । अस्पताल पुर्याइएको केही समयपछि राति २१स्५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार १२ फागुन २०८२ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया