images

ओसाकामा नेपाली संस्कृति, परिकार र कला एकै थलोमा: ‘नेपाली मेला २०२६’ आयोजना हुने

साका, जापान। जापानमा रहेका नेपालीहरूबीच आपसी भाइचारा, मेलमिलाप तथा नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ ओसाकामा ‘नेपाली मेला २०२६’ आयोजना हुने भएको छ। मेला खुसी उरेसी सोसाइटीको प्रस्तुतिमा आयोजना हुन लागेको हो।

“एक अर्कालाई सहयोग गरौँ, सँगै खुसी रहौँ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त मेला आगामी सेप्टेम्बर १९ र २० तारिख मा सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने मेला ओसाकाको इकुनो वार्डस्थित मोमोदानी मा आयोजना गरिनेछ। कार्यक्रमको समय बिहान ११:०० बजेदेखि बेलुका ८:०० बजेसम्म रहने आयोजकले जनाएको छ।

मेलामा नेपाली तथा जापानी सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै विभिन्न नेपाली रैथाने तथा स्वादिष्ट परिकारहरूको स्टल रहनेछन्। साथै नेपाल र जापानबीचको आपसी सद्भाव, सम्मान र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने विविध गतिविधिहरू पनि सञ्चालन गरिनेछन्।

आयोजकका अनुसार मेलाले जापानमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्न तथा जापानी नागरिकहरूमाझ नेपाली भाषा, संस्कृति, कला र खानाको परिचय गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

खुसी उरेसी सोसाइटीले ओसाका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली तथा जापानी नागरिकहरूलाई मेलामा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।

बुधबार १० असार २०८३ १०:०१ AM मा प्रकाशित

प्रतिक्रिया