images

केपी ओली कपःपहिलो खेलमा एपीएफ र संकटा भिड्दै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ । बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । केपी ओली मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ । हिजो भएको दुई खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
 

मङ्गलबार १३ फागुन २०८१ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया