images

विश्वविद्यालयले दक्षजनशक्ति उत्पादन नगरेको पर्यटन मन्त्रीको भनाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध विस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको ५१ औं वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनांै । त्यसतर्फ पनि ध्यान दिई रहेका छौं र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छांै । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होईन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि विस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व तहमा महशुस गरेको अभावलाई पूरा गर्ने हिसाबले अगाडि बढ्ने भन्दै पर्यटन क्षेत्रको विकास मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा राखेको पनि बताए ।   उनले भने, ‘पर्यटन बोर्डको काम सम्पन्न गर्ने, पर्यटन क्षेत्रले नेतृत्व तहमा महशुस गरेको अभावलाई पनि पूरा गर्ने हिसाबले हामी छिटै नै लाग्ने छौं । मन्त्रीको हैसियतले म यो कुरा भन्न चाहन्छु । पर्यटन क्षेत्रको विकास गर्ने, मुलुकमा दक्ष जनशक्तिको विकास र रोजगारीको कुरा मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा राखेको छु ।’  श्वविद्यालयहरुले अपेक्षित जनशक्ति उत्पादन गर्न नसकेको अवस्थामा यो प्रतिष्ठानले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पिर्धीको रुपमा थोरै भएपनि जनशक्ति उत्पादन गर्न सफल भएको पनि उनको भनाई छ ।  उनले भने, ‘अहिले हाम्रो विद्यालय, विश्वविद्यालयहरु जति छन्, त्यसबाट हामीले अपेक्षित जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौं । उत्पादित्त जनशक्तिहरुले रोजगार प्राप्त गर्न सकिरहेका छैनन्, नेपालमा हामीले जसरी लगानी आकर्षण गर्न, उद्योग, व्यवसायलाई प्रोत्साहन गर्न सक्नु पर्ने थियो । त्यो काम गर्न नसक्नाका कारणले गर्दा हामीले रोजगार पनि सिर्जना गर्न सकिरहेका छैनौं । यस्तो अवस्थामा यो संस्थाबाट उत्पादन भएका विद्यार्थीहरुले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पिर्धी जनशक्तिको रुपमा थोरै भएपनि उत्पादन गर्न सफल भएको छ ।’ 
 

मङ्गलबार १३ चैत २०८० ०६:१३ PM मा प्रकाशित

प्रतिक्रिया