काठमाडौं । बागमती प्रदेश निर्माण व्यवसायी महासंघले पश्चिम एसियाको तनावपूर्ण अवस्थाका कारण इन्धन र निर्माण सामग्रीमा मूल्य वृद्धि हुँदा निर्माण कार्य ठप्प भएको जनाएको छ । इन्धन र निर्माण सामग्रीमा भएको अत्यधिक एवम् अप्रत्याशित मूल्यवृद्धिका कारण विकास निर्माणका कार्यहरु अगाडि बढाउन असम्भव नरहेको महासंघको भनाइ छ ।
आइतबार पत्रकार सम्मलेन गर्दै महासंघले उक्त अवस्थाका कारण तत्काल आयोजनाहरुको म्याद थप गर्न सरकारसँग माग गरेको छ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिको सुनामीका कारण निर्माण उद्योग नै ठप्प हुने स्थितिमा पुगेकाले सबै खालका ठेक्काहरूको म्याद थप गर्नु अपरिहार्य भएको महासंघका अध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया