images

उपत्यकाका तीन जिल्लामा बाढीबाट २३ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र  भक्तपुरमा गरेर २३ जनाको  मृत्यु भएको हो । घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए । तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र  सशस्त्रको टोली उद्दारमा खटिएको  छ । साथै  काठमाडौं महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको  छ । 
 

शनिबार १२ असोज २०८१ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया