images

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

सभापति लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उनले राष्ट्रपति पौडेललाई समग्र अवस्थाबारे ब्रिफिङ गरेका हुन् ।

सोमबार १५ भदौ २०८३ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया