images

कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिएपनि अनुसन्धानकालागिपाता कसेर लानुपर्छ ःगगनथापा

हेटौँडा । नेपालीकांग्रेसका महामन्त्रीगगनथापाले सहकारी ठगीमा संलग्न जो कोहिलाई पनिपाता कसेर कानुनीकठघरमा उभ्याईनुपर्ने बताएकाछन्  । ४९ औँ राष्ट्रिय मेलमिलापदिवसको अवसरमा नेपालीकांग्रेस मकवानपुरले गरेको कार्यक्रममाबोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिएपनि अनुसन्धानकालागिपाता कसेर लानुपर्ने बताएकाहुन् । कानुनले उच्चपदस्त र आमनागरिकलाई समानव्यवहार गर्नुपर्ने भन्दै सहकारी ठगीमा जो कोहि, जतिशक्तिशालीहरु देखा परेपनिकानुनले समानव्यवहार गर्नुपर्ने धारणाब्यक्त गरे । प्रधानमन्त्रीकेपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेलापनिआफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदिकांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछभने पाता कसेर लैजानु ।’ कुनै सन्र्दभमाआफुले गल्तिगरेको प्रमाणीतभएआफुलाई पनिपाता कसेर लैजानु तर मलाई भेट्न आउँदाकांग्रेसको झण्डाबोकेर नआउँनु भन्दै थापाले भने थापाले भने, ‘सहकारीको पैसा लगेर महिनाआठ–दशलाख रुपैयाँतलबखाएर लुटपाटग¥यो भने प्रहरीले के गर्छ ?हाम्रो बोलिचालिको भाषामापाताफर्काएर लिएर जान्छ । त्यहीहोइनकानुनको शासनभनेको ?’ थापाले नेपालीजनतामाप्रगतिको भोक रहेको बताए । उनले भने,‘आजको दिनको नेपाली समाजको सबैभन्दाठूलो समस्याभनेको प्रगतिको भोक छ, त्यसमाहामीले सोच्नुपर्नेछ,’थापाले अघिभने, ‘जनताछन्, उनीहरूसँग समस्याछन्, त्यसको समाधानकांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामाअड्किएर बस्ने होइन । नेपाली समाजउकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’
 

बुधबार १७ पुस २०८१ ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया