images

जापानमा एक नेपाली युवक एक हप्तादेखि सम्पर्कविहीन

ओसाका, जापान । जापानमा बसोबास गर्दै आएका एक नेपाली युवक विगत एक हप्तादेखि सम्पर्कविहीन भएका छन्। जापानको कोबे–ओसाका क्षेत्रमा बस्दै आएका ईश्वर भनिने इन्द्रलाल गौतम गत फेब्रुअरी २१ देखि परिवारसँग सम्पर्कमा नरहेको गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति कान्साईका कार्यवाहक अध्यक्ष शंकर भुषालले जानकारी दिए ।

अठबिसकोट नगरपालिका–१४, पश्चिम रुकुम, नेपाल स्थायी घर भएका गौतम करिब चार वर्षअघि अध्ययनका सिलसिलामा जापान आएका थिए। जापानमै रहनु भएका उनका आफन्त राजकुमार गौतमका अनुसार उनले फेब्रुअरी २१, २०२६ मा आफ्नो बसोबासको कोठा छाडेका थिए, त्यसयता उनी सम्पर्कमा आएका छैनन्।

दक्ष कामदार भिसामा परिवर्तन गरी कोबेमा बस्दै आएका गौतमले केही व्यक्तिगत समस्या र काम गर्न गाह्रो भएको बताउँदै नेपाल फर्कने तयारी गरेका थिए। त्यसक्रममा उनले नेपालस्थित घरबाट एक लाख रुपैयाँ मगाएर घर फर्कने बताएको आफन्त गौतमले जानकारी दिएका छन्। तर, त्यसपछि उनी हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।

उनको अवस्थाबारे जानकारी भएमा सम्बन्धित निकाय वा परिवारजनलाई खबर गरिदिन अनुरोध गरिएको छ।

सम्पर्क व्यक्तिहरू:

नेपालको लागि सम्पर्क:

कमल गौतम – 9813820777

जापान सम्पर्क:

राजकुमार गौतम – 080-6264-0378

नवीन देवकोटा – 070-9294-3231

आइतबार​ १७ फागुन २०८२ ०९:१९ AM मा प्रकाशित

प्रतिक्रिया