काठमाडौं । दुर्गा पर्साइलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए ।पटक पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका छन् ।उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए । राजावादी अभियन्ता प्रसाईँसँग सरकारले पटक पटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन् ।
प्रतिक्रिया