images

पूर्वदेखि पश्चिमसम्मअवैध लागूऔषधको धन्दा, १० जनापक्राउ

काठमाडौं । अवैधलागूऔषधसहितदेशको विभिन्न ६ स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउपर्नेमा बर्दिया, बढैयातालगाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ९ सय २९ ग्रामसहित दाङ लमहीनगरपालिका–११ बस्ने ५२ वर्षीया आशा राई रहेका छन् । 
प्रहरी चौकीजमुनी र सशस्त्रप्रहरी बल बिओपी फुटाहाबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकीउनलाई उक्तपदार्थसहितपक्राउ गरेको हो । 
झापा, मेचीनगर नगरपालिका–१० धुलावारी चोकबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम७ सय ६० मिलिग्रामसहितबिर्तामोड नगरपालिका–१ बस्ने २१ वर्षीय गंगा प्रसाद मगरलाई सोमबार रातिप्रहरीले पक्राउ गरेको छ । इलाकाप्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई उक्तपदार्थसहितपक्राउ गरेको हो । 
यसैगरी झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सातसयमिलिग्राम र नगद १ लाख ३९ हजार रूपैयाँसहित सुनसरी रामधुनीनगरपालिका–७ बस्ने २४ वर्षीया कन्चन परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
यसैगरी झापा, बिर्तामोड नगरपालिका–३ अदुवाखोलापुल छेउबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २४ वर्षीय अशोक साह समेत २ जनालाई सोमबार रातिप्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकीबिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्तपदार्थसहितपक्राउ गरेको हो । 
बाँकेको नेपालगंजउपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ग्राम ३ सय मिलिग्राम र तराजुसहित ३ जनालाई सोमबार रातिप्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार २० चैत २०८० ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया