images

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । 
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  

शुक्रबार​ १९ बैशाख २०८२ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया