images

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ ग्रहण गर्दै

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । शुक्रबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।  
गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्री पद रिक्त पदमा उनलाई नियुक्त गरिएको थियो ।
 

शुक्रबार​ १९ बैशाख २०८२ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया