images

डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

जनकपुर । ‘सूचना प्रविधिको अभियान स् डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ मनाइएको छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ ९क्यान० धनुषा शाखाको आयोजनामा शुक्रबार बिहान जनक चोकदेखि रेलवे स्टेशनसम्म प्रभातफेरी गरिएको हो ।सो क्रममा क्यान धनुषाका अध्यक्ष विनय साहले वर्तमान युग कम्प्युटर र प्रविधिको भएको उल्लेख गर्दै प्रगतिको लागि कम्प्युटर ज्ञान अपरिहार्य रहेको बताए । ‘डिजिटल नेपालको सपना साकार पार्न सामूहिक सोच र प्रयासको खाँचो छ,’उनले भने । उनले प्रविधि बिना अहिले विकास सम्भव नभएको भन्दै नयाँ सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार गर्न गम्भिर भएर लाग्नुपर्ने बताए । उनले अन्य देशको तुलनामा प्राविधिक क्षेत्रमा नेपाल कयौं गुणा पछाडि रहेकाले तीनै तहको सरकारलाई प्रविधिमैत्री बन्न सुझाव दिए । प्रभातफेरी कार्यक्रममा क्यान धनुषाका संस्थापक अध्यक्ष तथा पत्रकार प्रवीण साह, सचिव विमलेश झा, कम्प्युटर शिक्षक प्रमोद पण्डित, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

शुक्रबार​ १९ बैशाख २०८२ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया