images

भ्रातृ संगठनको महाधिवेशन गराउनकांग्रेसद्वारा निर्देशक समिति गठन

काठमाडौं । नेपालीकांग्रेसले महाधिवेशन सम्पन्ननगरेका पार्टीका भ्रातृ संघ–संगठनको महाधिवेशन सम्पन्न गराउननिर्देशक समिति गठन गरेको छ । 
निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्बकार्यतालिकानिर्माण गर्नेछन् । 
यस्तै विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासकालागिआवश्यक समन्वय र सहजीकरण गर्नेछन् । 
सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्मअनिवार्य रूपमामहाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
यो अवधिसम्मकालागि संघका तदर्थ कार्यसमितिको समयावधिथप गरिएको छ । 
 

मङ्गलबार १८ असार २०८१ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया