images

सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमतिःओलीप्रधानमन्त्रीबन्दै, कांग्रेसलाई गृहसहित १० मन्त्रालय

काठमाडौं । संसदकादुई ठुला दल नेपालीकांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमतिभएको छ । 
सोमबार मध्यरातमा सत्ता सहकार्यकाकांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । 
सुरुको डेढ वर्ष एमाले अध्यक्षओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर बहादुर देउवाप्रधानमन्त्रीबन्नेछन् । 
सुरुमाबन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालयलिनेछ ।
सहमतिअनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्वलिनेछ ।
मधेशमाभने मधेशवादीदललाई नेतृत्वदिने सहमतिभएको छ। सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । 
ललितपुरस्थितहोटल भिभान्तामादुवै दलकादोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाएमालेका अध्यक्ष केपीशर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

मङ्गलबार १८ असार २०८१ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया